१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक: मुख्यमन्त्री राउत

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

प्रमोद कुमार साह
जनकपुरधाम । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुलासा गरेका छन ।

रामायण सर्किटको पुर्वाधार विकासका लागि बुधबार जनकपुरधाममा आयोजीत इन्टरनेशनल कन्फरेन्स अफ रामायण सर्किट कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तीनाथ घुमेको फोटो पर्यटनका लागि निकालिएको कितावमा राखीएको तर त्यो भन्दा पनि पहिले जनकपुरधाम आउदा खेरीको फोटो नराखेर धार्मिक क्षेत्रमाथि पनि विभेद गरिएको वताए । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेकोले जनकपुरधामको पर्यटनका लागि एक रुपैयाको पनि सहयोग नआएको मुख्यमन्त्री राउतले गुनासो गरे । उनले भने ः नेपाल र भारको संस्कृति एक रहेको छ जुन अरु कुनै देशको नरहेकोले त्रेता युगको सम्वन्धलाई जिवन्त गर्नका लागि रामायण सर्किटको निमार्ण प्रति चिन्तन आवश्यक रहेको छ । उनले मोदी र योगीलाई जनकपुरधाममा गरेको भ्रमण प्रति धन्यवाद दिदै भ्रमणकै कारण अहिले जनकपुरधाममा पर्यटकको वृद्धि भएकोले पर्यटन का लागि सोहि ढाचामा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको वताए ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायले रामायणकालमा भगवान रामले धनुषा भाच्दा भएको टुक्राको अवशेष अहिले पनि धनुषाधाममा रहेको तर त्यस्को आवश्यक संरक्षण हुन नसकेकोले प्रदेश सरकारले त्यस्को संरक्षणका लागि आवश्यक पहलकदमी गर्ने प्रतिवद्धता जनाए । उनले रामायण सर्किटले मिथिला र अयोध्याविचको दुई देशीय धार्मिक सम्वन्ध जोडने भएकोले दुवै देशका लागि महत्वपुर्ण रहेको वताउदै सर्किटलाई पुर्णता दिनका लागि प्रदेश सरकार हरेक सहयोग गर्न तयार रहेको वताए ।

त्यसैगरि कार्यक्रममा भारत विहारका पुर्व केविनेट मन्त्री संजय पासवानले रामायण सर्किटको निमार्णको क्रममा जनकपुरधाममा विभिन्न किसीमको होटल,लज लगायतको निमार्णको साथ साथै जनकपुरधाममा धर्म सम्वन्धि अध्यन गर्ने विश्वविद्यालयको समेत स्थापना गर्नुपर्ने वताए । उनले विश्वविद्यालयको स्थापनाले शिक्षाको माध्यमले पनि दुईदेशको सम्वन्धलाई अगाडी बढाउने धारणा राखेका थिए ।

जनकपुरधाम वृहत्तर विकास क्षेत्र परिषदको आयोजना र उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयको प्रमुख सहयोगमा भएको कार्यक्रममा नेपाल र भारतका प्रवुद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]