१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

रुपन्देहीको कोटहीमाईमा जनमतको पार्टी कार्यालय संचालनमा

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले कोटहीमाई गाउपालिकामा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

मंगलबार जनमत पार्टीका कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले रिवन काटेर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सयौं जना प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले जनकारी दिएका हुन् ।

जनमत पार्टीका केन्द्रीय सदस्य निर्मला हरिजन, भष्ट्राचार निवारण प्रमुख संजय कुमार मिश्र, जिल्ला अध्यक्ष बिष्णु सिंह लोध, विरेन्द्र धावल, जिल्ला सदस्य राजनारायन गिरी, इन्जिनियर जनमत संघका जिल्ला संयोजक अमरनाथ यादव, कोटहीमाई गाउपलिकाका १देखि ७ सम्मका पार्टीका वडाअध्यक्षसहितको उपस्थितिमा कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम भएको नेता गुप्ताले बताए ।

नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय सचिव यादवले स्वागत गर्दै सदस्ता प्रदान गरेर पार्टी प्रवेश गराएको छ ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद समेत दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]