०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

छोराको उपचारले निरन्तरता पाउने रोमाको विश्वास

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

गोेपालप्रसाद बराल
महोत्तरी ,५ श्रावण । “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भन्नुभयो । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मस्तिष्कको नसासम्बन्धी उपचार भइराखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप रु एक लाख ६७ हजार ४०० नगद पाएपछि बनीबुतो गरेर जीवनयापन गरिरहेकी रोमामा यो विश्वास पलाएको हो । बर्दिबासका सामाजिक सङ्घसंस्था र विभिन्न व्यक्तिले गौतमको उपचारका लागि सहयोग सङ्कलन गरेर परिवारजनलाई बुझाएका हुन् । रकम बुझेका आफन्तले सो रकम रोमालाई हस्तान्तरण गरेपछि उहाँलाई अब रकमकै अभावमा उपचार नरोकिने विश्वास बढेको हो ।

कक्षा–१२ मा पढ्दापढ्दै दुई वर्षअघि गौतमको टाउको दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने लक्षण देखिएपछि उपचारका लागि काठमाडौँ पु¥याइएको थियो । चिकित्सकले मस्तिष्कमा नसासम्बन्धी समस्या भएको ठहरपछि गौतमलाई आफन्तले दिल्ली पु¥याएका हुन् । उपचारका क्रममा रकम अभावले आवश्यक औषधिको पनि चाँजो मिलाउन नसक्दा निरास बनेकी रोमा अब उपचारले निरन्तरता पाउने बताउनुहुन्छ ।

“दुई दिनअघि प्राप्त रकम दिल्ली पठाइयो, अब छोरो फिर्छ भन्ने लागेको छ”, रोमाले घरमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “म दुःखीको सहारा बन्नेलाई भगवान्ले हेर्नेछन् ।” दिल्लीमा छोराको उपचार खर्चकै अभावमा अघि बढ्न नसकेका बेला बर्दिबासमा प्राप्त सहयोगले आशाभरोसा बढाएको रोमाको भनाइ छ । “छोरा दुई वर्षदेखि बिरामी छ, म बनीबुतो ९मजदुरी० गरेर जीवन धान्दै छु”, रोमाले सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “ठाउँमा छ, अब खर्च पनि अलिकता जुट्यो, निको हुने आश जागेको छ ।” आपद् खेपिरहेकी आफूप्रति सद्भाव र स्नेह राख्ने सबै सहयोगीप्रति रोमाले आभार व्यक्त गर्नुभएको छ ।

पति मीनबहादुर कार्कीको निधनपछि बनीबुतो गरेर दुई छोरा हुर्काएकी रोमाले गत वर्ष ठूलो बज्रपात खेप्नुभयो । कान्छो छोरा सविन कार्कीको रक्त क्यान्सरले मृत्यु भयो । जेठो छोरा नसासम्बन्धी असाध्य रोगले ग्रस्त भएर उपचार निरन्तर बढाउन रकम नभएपछि गाउँघरमा रोइकराई गरिरहेकी रोमालाई बर्दिबासका सामाजिक सङ्घसंस्थाले समन्वय गरेर सङ्कलन भएको रकम पठाएका हुन् ।

“सामाजिक सञ्जाल ९फेसबुक० मा गौतमको अवस्थाबारे आएका कुरा पढेपछि मन थाम्न सकिएन”, नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाका कोषाध्यक्ष रेवन्त कार्की ‘सुदीप’ले भन्नुभयो, “तुरुन्तै सम्पर्क हुनसक्ने साथीहरुलाई खबर गरेँ, सामूहिक प्रयत्नबाट लगत्तै सङ्कलन भएको रकम परिवारजनलाई हस्तान्तरण ग¥यौँ ।” यो विषय थाहा पाएर तुरुन्तै गौतमको उपचारमा सहयोग पुगोस् भन्ने् हेतुले सङ्कलित रकम आफन्तलाई हस्तान्तरण गरिएको सुदीपले बताउनुभयो ।

गौतमको उपचार सहयोगार्थ बर्दिबासस्थित बर्दिबास हेल्प फाउण्डेशनले रु ५१ हजार, होटल विनायकले रु २१ हजार, प्रल्हाद क्षत्रीले रु १५ हजार, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास उद्योग वाणिज्य सङ्घ, नेवाः सङ्घ, लुम्बिनी हार्डवेयर, रोटरी क्लब अफ बर्दिबास र उद्यमी कुमार भण्डारीले रु ११र११ हजार सहयोग गरेका छन् । त्यसैगरी रेडक्रस बर्दिबास उपशाखाका पदाधिकारी, होटल गुञ्ज र दीपक ट्रेडर्सले रु पाँच हजार १०० का दरले सहयोग गरेका मुख्य सहयोग सङ्कलन समन्वयकर्ता सुदीपले जानकारी दिनुभयो ।

सहयोस्वरुप प्राप्त रकम तत्काल पठाइएको र गौतमको उपचारका लागि थप गर्न सकिने सहयोगका लागि आपसी समन्वय बढाइने सुदीपको भनाइ छ । सुदीपले अत्यन्त गरिबी र वियोग खेपिरहेकी रोमाका छोराको उपचारमा सहयोग बढाउन सबै मनकारीसँग अपिल पनि गर्नुभएको छ । अप्ठ्यारो बेला पाएको सहयोगले रोमा विभोर हुँदै भन्नुहुन्छ, “हजुरहरू सबैको आशिक लागोस्, उपचारपछि ठिक भएको छोरा हजुरहरुलाई भेटाउन ल्याउने छु । गौतमको उपचारमा खर्चको अभाव हुन नदिन बर्दिबासमा अन्य व्यक्ति र सामाजिक सङ्घसंस्थाले पनि चासो देखाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]