१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

रौतहटस्थित नेता नेपालको घरमा प्रहरीको कडा निगरानी

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

बाल बिक्रम कार्की
रौतहट ,६ श्रावण । युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले युवा संघले चन्द्रनिगाहपुरमा गर्ने भनेको विरोधको क्रममा नेपालको घरमा क्षति पु¥याउनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–४ मा रहेको नेता नेपालको घर प्रवेश गर्ने दुवै तर्फी बाटो र घर अगाडि प्रहरी परिचालन गरिएको छ । सो बाटो हुँदै आवतजावत गर्ने स्थानीयमाथि प्रहरीले कडा निगरानी गरिरहेको छ ।

केही वर्ष अगाडि मात्र निर्माण गरिएको उक्त घरमा हाल आरडीसी नेपाल नामक संस्थाले भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । नेता नेपाल रौतहट आएको बेला सोही घरमा बस्ने गरेका छन् ।

उनको जिल्ला सदरमुकाम गौरमा पनि घर रहेको छ । त्यहाँको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]