१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध भत्कियो

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ श्रावण । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो ।

बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र बाँध भत्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनका अनुसार बालुवा र मोटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले भत्किएको हो । पानीको बहाव अहिले कम भएकाले गाउँतर्फ प्रवेश नगरेको स्थानीयले बताएका छन् । अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने भएको छ ।

यद्यपि प्रमुख जिल्ला अधिकारी बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूर्ण रुपमा हुन लागेको बताए ।

बाँध नियन्त्रणका लागि कमला नदी नियन्त्रण आयोजना मार्फत अर्थ मन्त्रालयले ५० लाख बजेट मंगलबार मात्रै छुट्टयाएको छ । यो बजेटले फुलफेजमा काम हुने र नदी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी खटिसकिएको बताउँदै उनले भने, ‘पानी आए पनि गाउँमा नछिर्ने किसिमले काम हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]