०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद बिस्तार गर्न सकस

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,६ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ ।

आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर सरकार सञ्चालन गरिरहनु भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपालगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका देउवाले गठबन्धनको सहमतिमा सरकार विस्तार गर्ने बताएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी धेरै भएसँगै सरकारले पूर्णता पाउन नसकेको हो ।

यस्तै निर्वाचन आयोगमा आधिकारीकताको विषय टुंगो नलागेकाले जसपाले पनि तत्कालै सरकारमा जान चासो देखाएको छैन ।

तर प्रधानमन्त्री देउवा र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले नेता नेपाल पक्षलाई सरकारमा सहभागी हुन दवाव दिइरहेका छन् ।

गठबन्धनले नेता नेपाललाई दल विभाजनका लागि सहज बनाउने भन्दै सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]