१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

बर्थिङ सेन्टर सञ्चालनले भारत जानुपर्ने झन्झट हट्यो

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,७ श्रावण । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ ।

गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।

“गाउँमा बर्थिङ सेन्टर नहँुदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल र मोटरसाइकलमा बोकेर भारतीय निकटवर्ती टनकपुरस्थित अस्पतालमा पु¥याउँदै आएका थिए”, स्थानीयवासी अनिता बुढाले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीको खप्की खानुपर्ने अर्को बाध्यता थियो ।

अस्पतालमा चर्को शुःल्कसमेत लिइने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल पु¥याउन ढिला हुँदा ज्यान जाने जोखिमसमेत थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै ती सबै समस्या हटेर गएको उहाँले बताउनुभयो ।

नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरबाट खल्लामछेट्टी, टुँडिखेल, सन्तनगर, ब्रम्हदेव, तिलकेनीसहितका बासिन्दाले सहज रुपमा सेवा पाउने जानकारी दिनुभयो ।

“सीमावर्ती क्षेत्रका बासिन्दाले विगतमा भारतका अस्पतालमा सेवा लिनका लागि जानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “अब भारतीय छिमेकी शहर टनकपुरका बासिन्दाले समेत बर्थिङ सेन्टरबाट लाभ लिन सक्छन् ।” बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको छ ।

शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन गरी नगरपालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]