१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

सिरहामा लामो समयदेखि लिलाम नहुदा सवारी साधन कबाड बन्दै

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
लहान ,७ श्रावण । लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् ।

लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् ।

भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था भएको छ । “एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव छ”, भन्सार प्रमुख नरेश साहले भन्नुभयो, “हामीले पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै लिलाम गर्न सकेका छैनौँ ।”

पत्राचार गरिएका अटोमोबाइल्स कम्पनीले विभिन्न बहाना बनाएर सवारी साधनको उत्पादन मिति नखुलाइ दिएकाले लिलामी प्रक्रिया नै रोकिएको उहाँको गुनासो छ । लहानस्थित मनकामना अटोमोबाइल्सका सञ्चालक शङ्कर चौधरीले आफूहरुसँग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नरहेकाले उत्पादन मिति खुलाउन नसकिएको बताउनुभयो । यसका लागि सवारी उत्पादन गर्ने कम्पनीलाई नै पत्राचार गर्नुपर्ने उहाँको भनाइ छ ।

स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको ठाडी भन्सारलाई लामो समयदेखि लिलाम नहुँदा सवारी थन्क्याउने ठाउँको समेत अभाव छ । ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको उहाँको भनाइ छ ।

छोटी भन्सारबाट स्तरोन्नति भएर भन्सार कार्यालय स्थापना भए पनि दरबन्दीअनुसार कर्मचारी नहँुदा ठूलो समस्या झेल्दै आएको कार्यालय प्रमुख साहले बताउनुभयो । कार्यालयमा कार्यालय प्रमुखसहित २० जनाको दरबन्दी भए पनि हाल कार्यालयमा प्रमुखसहित सात मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सवारी साधनको लिलामी प्रक्रियादेखि भन्सार राजश्व असुलीसम्म समस्या भइरहेको प्रमुख साहको भनाइ छ ।

कर्मचारी अभावका बाबजुद पनि ठाडी भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजश्व सङ्कलन गरेको हो । रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजश्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]