१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

रुपन्देहीमा विभिन्न पार्टी छाडेर जनमतमा गरे २१ जना प्रवेश

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,७ श्रावण ।रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बिहिबार जनमत पार्टी कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षमा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता रहेको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला सचीव कृष्ण कोहारले जानकारी दिनुभयो।

उनका अनुसार चन्द्र प्रसाद जयसवाल ,राजेश जयसवाल , श्याम लाल पासी , दिनेश चन्द्र पण्डेय र संजय मिश्रसहित २१ जनाले पार्टी प्रवेश गर्नुभएको हो ।उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य गुप्ताले पार्टीका सदस्यता हस्तान्तरण गरेर पार्टीमा स्वागत गराउनु भयो।

उक्त कार्यक्रममा पार्टीका जिल्ला सदस्य विरेन्द्र लोध, इन्जिनियर जनमत संघ रुपन्देहीका जिल्ला संयोजक, वडा अध्यक्ष रामनरेश यादव, सुरेश चाईको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]