१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भ्रष्टाचारको नमूना :निर्माण भएको दुई साता पनि नबित्दै पोखरी घाटमा चिरा पर्न थाल्यो

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ ।

नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट निर्माणको काम गराएको थियो ।

महिना पनि नलाग्दै घाट भत्किन थालेपछि स्थानीयले कमसल काम भएकै कारण घाटमा चिरा पर्न थालेको आरोप लगाएका छन् । निर्माणका क्रममा २ नम्बर इँटा प्रयोग भइरहेको र कमसल सामाग्री प्रयोग भइरहेको भन्दै स्थानीयले विरोध जनाएपनि सरोकारबाला निकाय सुनेनन् ।

‘कमसल काम भइरहेको देखेर हामीले विरोध गर्यौं,’ स्थानीय नागमनी यादवले भने, ‘वडाध्यक्षले इँटा भट्टाले २ नम्बर इँटा पठाइदिएको र यो फिर्ता हुने बताएपनि त्यहि इँटा प्रयोग भयो ।’ स्थानीयहरुको विरोधका बाबजुद कमसल काम भएको उनले आरोप लगाए ।

घाट निर्माणको नाममा व्यापक अनियमितता भएको आरोप स्थानीयहरुको छ । तर, वडाध्यक्ष महेन्द्र यादव इस्टिमेट अनुसारकै काम भएको दावी गर्छन् । उनले सन्तोषजनक काम भएको र अनियमितता नभएको दावी गरे ।

यता, उपभोक्ता समितिका अध्यक्ष कपिलदेव यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनी अवकाश प्राप्त शिक्षक हुन् । सरकारी सेवा सुविधा पाइरहेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने प्रावधान छ । तर, मापदण्ड विपरीत यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो ।

यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले आफूलाई त्यति जानकारी नरहेको र यस विषयमा गएर बुझ्ने प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]