१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

डा रावलको राजीनामा फिर्ता

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो ।

गत असार २८ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिनुभएको थियो ।

डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाउनुभएको थियो ।

पार्टीलाई एकताबद्ध बनाउन लाग्नुभएका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]