१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीन पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण । नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाएकी थिइन् ।

काठमाडौँमा रहेका भुसाललाई सम्पर्क गरेर तिनैमार्फत ठगी गरिएको थियो ।

“पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी रु २५ लाख ठगी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]