१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

तराईमा रोपिँदैछ गुर्जो

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,८ श्रावण । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो ।

तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोप्नुभएका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गर्नुभएको छ ।

सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उहाँले सुनाउनुभयो । बिहीबार बर्दिवास नगरपालिका–४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो । सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी विसं २०७६ चैतदेखिदेखि उहाँले रोप्ने अभियान शुरु गर्नुभएको हो । कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधी वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बढाउनुभएको हो । कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ ।

गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गर्नुभएका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गर्नुभएको थियो । यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ ।

करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ । अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिनुभएको हो ।

आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ । यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ ।

हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ । यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्धन गर्ने अभियानमा लागिएको राजलवटले सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]