०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कोसीको तटबन्ध भत्कियो : एक हजार परिवार विस्थापित

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,८ श्रावण । सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ ।

शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो ।

बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न भएको सीमावर्ती स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु भारतीय राष्ट्रिय राजमार्ग९एनएच ५७० सहित विभिन्न अग्लो स्थानमा आश्रय लिइरहेका छन् ।

तटबन्ध भत्केको स्थानमा सुपौल जिल्लाका डिएम महेन्द्रकुमार, एसपी मनोजकुमारसहित कोसी योजनाका अधिकारीहरु पुगेका छन् । सुपौल जिल्लाका डिएम महेन्द्रकुमारले तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको जानकारी दिए । उनले स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको बताए ।

तटबन्ध भत्किएपछि कोसीको पानी विभिन्न बस्ती हुँदै बिहारमै त्रियुगा नदीमा खसेको छ ।

नेपालमा प्रभाव पर्न सक्ने

कोसी तटबन्ध बिहारमा भत्किँदा क्षतिलाई कम गर्न कोसी योजनाका अधिकारीहरुले सप्तरी र सुनसरीको सीमामा रहेका कोसी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने प्राविधिकहरुले बताएका छन् ।

पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोसी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उतरी क्षेत्रमा पानी जम्मा भइ ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने छ । तर शुक्रबार दिउँसोसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ भने ब्यारेज भएर नियमित तरिकाले पानीको बहाब भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]