०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

अस्पताल जाँदै गरेकी महिलाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ श्रावण । महोत्तरीमा बिरामी भएर उपचार गराउन अस्पताल जाँदै गरेकी एक महिलाको दुर्घटनामा परी मृत्यु भएको छ ।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ जाँदै गरेकी लोहारपट्टी नगरपालिका–२ बस्ने ४५ वर्षीया रामबासी देवीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी भएकी उनी उपचारका लागि आशाराम दासले चलाएको ज १० प ८८७४ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ लैजाँदै गर्दा लोहारपट्टी नगरपालिका–२ स्थित बिगही पुल नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारकै क्रममा मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

मोटरसाइकल चालक फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]