२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ९ श्रावण। जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ ।

आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले वारेसमार्फत सर्वोच्च अदालतमा निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस गर्नुभएको थियो ।

निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउँदा आफूलगायतलाई अपूरणीय क्षति पुग्ने भन्दै रोक लगाउन आदेश माग्दै ठाकुर सर्वोच्च पुग्नुभएको हो ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]