११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जनकपुरधाममा जनक भवनको उद्घाटन

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो ।

रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् ।

प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई जीवन्त तुल्याउने उद्देश्यले मूल भवनलाई जनक भवन, भुइँ खण्डलाई शतानन्द सदन ९ राजा जनकका गुरु०, पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौँलाई याज्ञवल्य सदन र छैटौँ खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।

विसं २०१९ मा जनक चोकमा सानो फुसको घर निर्माण भई शुरु भएको नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको छ ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख साहले राजा जनकको दरबारका त्रेतायुगीन सन्दर्भलाई जीवन्त तुल्याउने सपना साकार भई आजदेखि नव इतिहास प्रारम्भ भएको धारणा राख्नुभयो ।

उहाँले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]