१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

सवैला नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

जीतेन्द्र कुमार राम
जनकपुरधाम।असन्तुष्ट ठेकेदारले नगरपालिकामा आज बिहान तालाबन्दी गरेका छन।आफुले पाएको योजनाको काम गरिसक्दा पनि नगरपालिकाले रकम नदिदा ताला लगाएका हुन।

जिल्लाकै भ्रष्टाचारमा अग्र स्थानमा रहेका तथा आपसी कलहका कारण बिकासमा पछि परेका एकमात्र सवैला नगरपालिकामा ठेकेदार ब्रहमदेव साहले तालाबन्दी गरेका छन।

दुई बर्ष पुर्व ठेकेदार साहले नगरपालिकाको कुशमाहा सतोषर र मखनाहामा पिच सडक र नाला निर्माणको ठेका पाएका थिए।जसमा आधा काम सकिदा मात्र म्याद अबधी समाप्त भएको थिए।बाकी काम गर्न गराउन ठेकेदारले रकम बुझ्न जादा नगरप्रमुख बिजय शंकर प्रसाद साह,उप प्रमुख निलु कापर तथा इन्जिनियर रंजित यादबले अटेरी गर्दैआएको जनाइएको छ।

दुबै ठाउका सडक र नाला निर्माणका लागि नगरपालिकाले ठेकेदार साहलाइ क्रमश: मखनाहाको लागि ४२ लाख र कुशमाहा को लागि ४४ लाखको रकम दिने आह्वान गरेका थिए।जसमा ठेकेदार साहले मखनाहाको बजेटमा १६ र कुशमाहाको बजेटमा मात्र ७ लाख आफू पाएको जनाएको छ।

म्याद समाप्त भएपछी पनि मेयर साहले पैसा पाए मात्र काम अगाडि बढाउनु भनेर आश्वासन दिदा पनि १७ महिना देखि आफू नगरपालिकाको दौडधुप गरिरहेको बताए।

यता इन्जिनियर रंजित यादबले बजेटको सम्पुर्ण रकम भुक्तानी गराइदिने भनेर आफूसित ७ लाख घुस मागे जसमा साढे तीन लाख दिइसकेको पश्चात् पनि आफुलाइ कुनै रकम निकासा नगरेको जनाइएको छ।

 

तालाबन्दी गरेपछी इलाका प्रहरी सवैलाले नगरप्रमुख,उपप्रमुख सवै बसि सहमतिको आधारमा निर्णय गरिने भनेर ताला खुलाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]