३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सवैला नगरपालिकामा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

जीतेन्द्र कुमार राम
जनकपुरधाम।असन्तुष्ट ठेकेदारले नगरपालिकामा आज बिहान तालाबन्दी गरेका छन।आफुले पाएको योजनाको काम गरिसक्दा पनि नगरपालिकाले रकम नदिदा ताला लगाएका हुन।

जिल्लाकै भ्रष्टाचारमा अग्र स्थानमा रहेका तथा आपसी कलहका कारण बिकासमा पछि परेका एकमात्र सवैला नगरपालिकामा ठेकेदार ब्रहमदेव साहले तालाबन्दी गरेका छन।

दुई बर्ष पुर्व ठेकेदार साहले नगरपालिकाको कुशमाहा सतोषर र मखनाहामा पिच सडक र नाला निर्माणको ठेका पाएका थिए।जसमा आधा काम सकिदा मात्र म्याद अबधी समाप्त भएको थिए।बाकी काम गर्न गराउन ठेकेदारले रकम बुझ्न जादा नगरप्रमुख बिजय शंकर प्रसाद साह,उप प्रमुख निलु कापर तथा इन्जिनियर रंजित यादबले अटेरी गर्दैआएको जनाइएको छ।

दुबै ठाउका सडक र नाला निर्माणका लागि नगरपालिकाले ठेकेदार साहलाइ क्रमश: मखनाहाको लागि ४२ लाख र कुशमाहा को लागि ४४ लाखको रकम दिने आह्वान गरेका थिए।जसमा ठेकेदार साहले मखनाहाको बजेटमा १६ र कुशमाहाको बजेटमा मात्र ७ लाख आफू पाएको जनाएको छ।

म्याद समाप्त भएपछी पनि मेयर साहले पैसा पाए मात्र काम अगाडि बढाउनु भनेर आश्वासन दिदा पनि १७ महिना देखि आफू नगरपालिकाको दौडधुप गरिरहेको बताए।

यता इन्जिनियर रंजित यादबले बजेटको सम्पुर्ण रकम भुक्तानी गराइदिने भनेर आफूसित ७ लाख घुस मागे जसमा साढे तीन लाख दिइसकेको पश्चात् पनि आफुलाइ कुनै रकम निकासा नगरेको जनाइएको छ।

 

तालाबन्दी गरेपछी इलाका प्रहरी सवैलाले नगरप्रमुख,उपप्रमुख सवै बसि सहमतिको आधारमा निर्णय गरिने भनेर ताला खुलाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]