०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

न्यायिक समितिमा मुद्दा बढे

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
नवलपुर ,९ श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ ।

समितिले आर्थिक वर्ष २०७७–७८ मा १२२ मध्ये ८६ वटा मुद्दा फछ्र्योट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एंव उपप्रमुख ओमकुमारी महतो बताउनुभयो ।

उहाँका अनुसार समितिमा गालीबेइज्जती, चौपाया तथा हराएको सामान पाएको, सम्बन्धविच्छेद, कुलो, पानी पधेँरो, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा ३५ वटा मुद्दा परेकोमा गत आर्थिक वर्षमा १२२ मुद्दा दर्ता भएको समितिले जनाएको छ ।

“गत आर्थिक वर्षमा दर्ता भएको १२२ मुद्दामध्ये ८६ वटा फछ्र्योट भइसकेको र बाँकी ३६ वटा मुद्दा फछ्र्योट गर्ने प्रक्रियामा रहेको छ”, संयोजक महतोले भन्नुभयो, “अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाइएको छ ।” प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उहाँको भनाइ छ ।

समितिमा उजुरी परेका विषयमा वडास्तरमा नै मेलमिलाप गर्न पहल गर्ने उल्लेख गर्दै उहाँले वडामा मेलमिलाप हुन नसकेको अवस्थामा मात्रै समितिले ती मुद्दाको विषयमा छिनोफानो गर्ने गरेको बताउनुभयो । समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जीतको अनुभूति हुने गरी मेलमिलाप गराइने भएकाले मुद्दाको चाप बढ्न थालेको उहाँको भनाइ छ ।

न्यायिक समिति सञ्चालनमा आएपछि न्यायमा सामान्य नागरिकको पहुँचमा वृद्धि भएको बताउँदै उहाँले स्थानीय नागरिकको न्यायमा पहुँच पु¥याउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको छ भन्नुभयो । विभिन्न समस्याका बीच न्यायमा जनताको विश्वास कायम राख्न सक्नु नै महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ छ । समितिमा मुद्दा आएलगत्तै तत्काल त्यसको निराकरणमा आफ्नो नेतृत्वमा मेलमिलापकर्तालाई सक्रिय बनाइ न्यायमा प्रतिकूल पार्ने खालका कुनै पनि काम हुनबाट रोक्ने गरेको प्रमुख महतोले बताउनुभयो ।

समितिमा आउने मुद्दामध्ये श्रीमान्–श्रीमतीबीचको विवाद, पारिवारिक झैझगडा तथा साँध सीमानासम्बन्धी विवाद बढी हुने गरेका बताउँदै उहाँले गत आर्थिक वर्षमा श्रीमान्–श्रीमतीबीचको विवादका ३९ मुद्दा परेको जानकारी दिनुभयो ।

तीमध्ये ३१ मुद्दामा दुवै पक्षलाई एकै ठाउँमा राखेर मेलमिलाप गराएको र बाँकी आठ मुद्दा प्रक्रियामा रहेको नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]