२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

न्यायिक समितिमा मुद्दा बढे

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
नवलपुर ,९ श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ ।

समितिले आर्थिक वर्ष २०७७–७८ मा १२२ मध्ये ८६ वटा मुद्दा फछ्र्योट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एंव उपप्रमुख ओमकुमारी महतो बताउनुभयो ।

उहाँका अनुसार समितिमा गालीबेइज्जती, चौपाया तथा हराएको सामान पाएको, सम्बन्धविच्छेद, कुलो, पानी पधेँरो, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा ३५ वटा मुद्दा परेकोमा गत आर्थिक वर्षमा १२२ मुद्दा दर्ता भएको समितिले जनाएको छ ।

“गत आर्थिक वर्षमा दर्ता भएको १२२ मुद्दामध्ये ८६ वटा फछ्र्योट भइसकेको र बाँकी ३६ वटा मुद्दा फछ्र्योट गर्ने प्रक्रियामा रहेको छ”, संयोजक महतोले भन्नुभयो, “अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाइएको छ ।” प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उहाँको भनाइ छ ।

समितिमा उजुरी परेका विषयमा वडास्तरमा नै मेलमिलाप गर्न पहल गर्ने उल्लेख गर्दै उहाँले वडामा मेलमिलाप हुन नसकेको अवस्थामा मात्रै समितिले ती मुद्दाको विषयमा छिनोफानो गर्ने गरेको बताउनुभयो । समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जीतको अनुभूति हुने गरी मेलमिलाप गराइने भएकाले मुद्दाको चाप बढ्न थालेको उहाँको भनाइ छ ।

न्यायिक समिति सञ्चालनमा आएपछि न्यायमा सामान्य नागरिकको पहुँचमा वृद्धि भएको बताउँदै उहाँले स्थानीय नागरिकको न्यायमा पहुँच पु¥याउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको छ भन्नुभयो । विभिन्न समस्याका बीच न्यायमा जनताको विश्वास कायम राख्न सक्नु नै महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ छ । समितिमा मुद्दा आएलगत्तै तत्काल त्यसको निराकरणमा आफ्नो नेतृत्वमा मेलमिलापकर्तालाई सक्रिय बनाइ न्यायमा प्रतिकूल पार्ने खालका कुनै पनि काम हुनबाट रोक्ने गरेको प्रमुख महतोले बताउनुभयो ।

समितिमा आउने मुद्दामध्ये श्रीमान्–श्रीमतीबीचको विवाद, पारिवारिक झैझगडा तथा साँध सीमानासम्बन्धी विवाद बढी हुने गरेका बताउँदै उहाँले गत आर्थिक वर्षमा श्रीमान्–श्रीमतीबीचको विवादका ३९ मुद्दा परेको जानकारी दिनुभयो ।

तीमध्ये ३१ मुद्दामा दुवै पक्षलाई एकै ठाउँमा राखेर मेलमिलाप गराएको र बाँकी आठ मुद्दा प्रक्रियामा रहेको नगरपालिकाकी मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]