२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मधेश युवा संघद्वारा आर्थिक रुपमा एकदमै कमजोर रहेका साफी परिवारलाई नगदसहित राहत सहयोग

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो ।

नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न ।

शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई खाद्यान्न सहित आर्थिक सहयोग समेत गरिएको हो । उनलाई १३ हजार हजार ५ सय ५० रुपैयाँ नगद सहित खाद्यान्न सहयोग गरेको हो ।

मधेश युवा सँघका शम्भु चौधरी, माँ लक्ष्मी युवा क्लबका अध्यक्ष रामभरोस यादव सहित सोनिल यादव लगायतका युवा अगुवाहरुको रोहबरमा १०० किलो चामल, १० किलो आलु, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, १ दर्जन साबुन, १ कार्टुन बिस्कुट सहयोग गरेको पुजन मौरियाले बताएका हुन। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]