१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

राष्ट्रिय एकता अभियानद्वारा जनकपुरधाममा मुख्यमन्त्री राउतको पुतला दहन

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ श्रावण । राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

सोमबार राष्ट्रिय एकता अभियान राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग झडप भएको थियो ।

उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।

मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा गएर टुँगिएको थियो । जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा माग गरेका थिए ।

२०७५ सालमा मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]