०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐन फिर्ता

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्।

प्रधानमन्त्री देउवसँग विद्यालय तहका शिक्षकहरूले पटकपटक भेटेर संघीय शिक्षा ऐन फिर्ता गरी शिक्षकको माग सम्बनेधन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ऐन फिर्ता गरेको हो। आइतबार मात्रै नेपाल शिक्षक संघले प्रधानमन्त्रीलाई मेटेर विद्यालय शिक्षालाई स्थानीय, प्रदेश र संघको सझा अधिकारभित्र राख्न ऐनको पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए।

साथै संघीय शिक्षा ऐनमा शिक्षक महासंघसँग भएको समझौतालाई आधार मानेर मात्र ऐन ल्याउनुपर्ने माग राखेको नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष यमपीं भुसालले बताए। प्रधानमन्त्री देउवाले कानुन मन्त्रालयबाट फिर्ता आएको संघीय शिक्षा ऐनको पुनरावलोकन गरि शिक्षकको समस्या हल गर्ने प्रतिवद्धता जनाएको बताइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकार परिवर्तन हुनसाथै ऐनहरू समिक्षाका लागि फिर्ता आउने प्रक्रिया स्वभाविक भएको बताए। ‘सरकार परिवर्तन हुँदा नीति कार्यक्रम तथा प्राथमिकतानै परिवर्तन हुन्छ,’ प्रवक्ता शर्माले भने ‘सरकार परिवर्तनसँगै ऐन फिर्ता आउँछ। फेरि एक पटक समिक्षा हुन्छ, यो त्यही प्रक्रिया हो। यसमा अन्यथा केही होइन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]