०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

‘स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा’ रहेको डा राउतको दाबी

Logo
प्रकाशित मंगलबार, साउन १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम , १२ श्रावण । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको दाबी गरेको छ ।

जनकपुरधामस्थित आफ्नो निवासमा संचारकर्मीहरु संग कुरा गर्ने क्रममा उनले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको भने ।‘जनमत पार्टी मधेशकै लागि काम गर्छ तर स्वतन्त्र मधेश जनमत पार्टीको माग होइन, किनभने जनमत पार्टी नेपालको संविधानबमोजिम दर्ता भएको हो’ डा राउतले भने ।

स्वतन्त्र मधेश गठबन्धनको नामबाट तत्कालिन समयमा राजनीति गर्दै आएको डा। राउतले स्वतन्त्र मधेशको मुद्दालाई तिलाञ्जली दिएको आरोपको खण्डन गर्दै उनले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको दाबी गरे । केही व्यक्तिले भन्दैमा स्वतन्त्र मधेशको मुद्दालाई आफुले तिलाञ्जली दिएको भन्न नमिल्ने तर्क उनको थियो ।

मधेशी जनताको वास्तविक जनसम्प्रभुता, प्रत्यक्ष निर्वाचन, डिजिटल र समावेशी लोकतन्त्र स्थापना आफुहरुको मुद्दा रहेको उल्लेख गर्दै उनले पराम्परावादी मधेशवादी पार्टी जस्तो पद र टिकट नमिलेको आवेगमै पार्टी बनेजस्तो आफ्नो पार्टी नभएको दाबी गरे । मधेशकै लागि लडेकाहरु जनमत पार्टीमा रहेको जिकिर उनको थियो ।

मधेशवादी पार्टीका नेताहरुप्रति टिप्पणी गर्दै डा। राउतले मधेशवादी पार्टीका नेताहरुको सदभाव विगतमा उनीहरु संलग्न रहेका मातृपार्टीप्रति नै रहने गरेको र बेला आएपछि उनीहरु मधेशलाई बिर्सेर मातृपार्टीमा नै जाने गरेको औंल्याए ।

सामान्य मुद्दा लाग्दा पनि नेपालका राजनीतिक पार्टीका नेताहरु विदेश भाग्ने गरेको तर राजद्रोहको मुद्दा लाग्दा पनि आफ्ना पार्टीका नेताहरुले विदेश पलायन नभइ जेल भर्ने अभियान चलाएको स्मरण गर्दै डा। राउतले भने, ‘जति हद पार गर्न सक्थे त्यति गरे अब मुल्यांकन गर्ने पालो मधेशी जनताको हो, बल जनताको कोर्टमा छ । भ्रष्ट नेता नै छान्ने कि मधेशको मुद्दाको पक्षमा काम गर्नेलाई अवसर दिने हो ।’

‘जनमत दिउँ, अधिकार लिउँ’ भन्ने नारा आफ्नो पार्टीले दिएको जानकारी दिँदै डा। राउतले सांकेतिक रुपमा उपनिर्वाचनमा भाग लिएको जनमत पार्टीले अब हुने निर्वाचनको तयारीमा जुटिसकेको बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएको सप्तरीको संसदीय क्षेत्र नम्बर २ जो डा. राउतको समेत गृहक्षेत्र हो, सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले भने- ‘मेरो उम्मेदवारी पार्टीले निर्धारण गर्नेछ, म चुनाव लड्छु कि लड्दिन त्यो पार्टीले नै निर्धारण गर्नेछ ।’

स्थानीय तह, प्रदेश सरकारदेखि नेपाल सरकारसम्मको बजेट खर्च गर्ने प्रणालीप्रति आक्रोश पोख्दै डा। राउतले भने-‘११ महिनामा १० प्रतिशत पनि बजेट खर्च हुँदैन, एक महिनामै सबै बजेट सिधिन्छ, यो कुन प्रणाली हो रु’ माथिदेखि तलसम्म जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले भने- ‘आधार प्रमाण पेश गर्दा पनि अख्तियार र अदालतले पनि तिनीहरुलाई केही गर्दैन कसप्रति भरोसा गर्ने रु’

भ्रष्टाचार नियन्त्रण नभएसम्म देश उँभो नलाग्ने बताउँदै उनले सिंगापुर र चीन जस्तो टपडाउन एप्रोज अपनाए भ्रष्टाचार नियन्त्रण हुने सुझाव दिए । भ्रष्टाचार गर्नेहरुको सम्पति जफत गरी निर्वाचन लड्न नपाउने प्रावधान गरिए मात्र भ्रष्टाचार नियन्त्रण हुने धारणा समेत उनले। व्यक्त गरे । यस अतिरिक्त जनता नै जागृत भएर अगाडी बढे भ्रष्टाचार नियन्त्रण हुने उनको धारणा छ ।

डा। राउत केपी ओलीका निकट रहेको भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले भने- ‘ओलीनिकट रहेको भए म पनि मन्त्री बन्थेँ १’ ओली सरकारसँग वार्ता गरेर खुल्ला राजनीतिमा अवतरण गर्दैमा ओलीनिकट रहेको भन्न नमिल्ने तर्क गर्दै उनले प्रष्टिकरण दिए( ‘मैले नेपाल सरकारसँग वार्ता गरेको हुँ, ओलीसँग होइन । विगतमा सुशील कोइरालाको सरकारसँग पनि वार्ता गरेका थियौँ ।’

नेपालको राजनीति डेडलकमा परेको दाबी समेत डा. राउतले गरेका छन् । देशको राजनीति निराशाजनक अवस्थामा छ, अब कुनै आन्दोलन भए जनता किन सडकमा आउने ? चुनाव नै भए किन भोट दिने ? भन्ने स्थिति उत्पन्न भएको तर्क उनले गरे । देशलाई डेडलकबाट हटाउन नेपाली जनताले फ्रेस पार्टी र फ्रेस व्यक्तिको चयन गर्नुपर्ने उनको धारणा छ । परम्परावादी पार्टीहरुलाई नै भोट दिने पुरानो गल्ती अब नेपाली जनताले दोहोऱ्याउन नहुनेमा उनले जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]