०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

वडाअध्यक्षले बलपूर्वक एकैजनाको जग्गामा बाटो निर्माण गरे

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

राकेश यादव जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिका ३ का वडा अध्यक्ष रामदुलार मण्डलले एकलौटी निर्णय गरि एकैजनाको जग्गामा रातारात सडक निर्माण गरेको छ।

नयाँ बाटो निर्माण तथा पुरानो बटोको विस्तारको क्रममा दुवै तर्फबाट आधीआधी लिनुपर्नेमा मण्डलले बलपूर्बक एकैजनाको जग्गामा सडक निर्माण गरेको स्थानीयले दावि समेत गरेको हो ।

वडा नम्बर ३ का शंकर प्रसाद साहको निजी जग्गामा एकतर्फी रुपमा सडक बनाइएको छ ।सरकारी अमिनले नापनक्सा गरिसकेको जग्गामा एकतर्फा निर्णय गरेर सडक निर्माण गरेको साहले आरोप लगाएको छ।‘जिल्ला प्रहरी कार्यालयमा छलफलगरि सरकारी अमिन खटाइएको थियो’ उनले भने, अमिनले जग्गा छुट्टयाइसकेपछि बलपूर्वक एकतर्फी रुपमा सडक निर्माण गरेको छ ।

सडक निर्माण सम्बन्धी विवाद गाउँपालिकाको न्यायिक समितिमा समेत रहेको उल्लेखगर्दै साहले भने, तर न्यायिक समितिको निर्णय आउनुभन्दा अगाडिनै सडक निर्माण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]