०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

न्यूजमधेश डेस्क
सिन्ह्वा ,१३ श्रावण । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँका अधिकारीहरुले मंगलबार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ । यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी संख्यासँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यतिधेरै सङ्क्रमित थपिएका हुन् ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

यहाँका अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]