१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

Logo
प्रकाशित बिहिबार, साउन १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ श्रावण । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो ।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ भन्नुभयो ।

उहाँले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिनुभयो। मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी छ भन्नुभयोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]