२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

जुवाको खेलबाट नगदसहित पाँचजना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१४ श्रावण । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो ।

मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो ।

जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका निजहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]