१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद

Logo
प्रकाशित बिहिबार, साउन १४, २०७८

न्यूजमधेश डेस्क
परासी ,१४ श्रावण । प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ ।

भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।

बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले बताए । बरामद भएको केराउ आवश्यक अनुसन्धानका लागि महेषपुर भन्सार पठाइएको छ ।

७ वटा भ्यान र ३ वटा ट्रकमा भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरीले अनुसन्धानका लागि भन्दै केराउ बरामद गरेको हो । प्रहरीले केही दिनअगाडि मात्र करिब २२ लाख रुपैयाँको केराउ जिल्लाका विभिन्न सीमाबाट बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]