१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

रौतहटको चन्द्रपुरबाट नौ जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१६ श्रावण । इलाका प्रहरी कार्यालय चन्द्रपुरले आज चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित एक होटलबाट नौ जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय होटल अशोकाको कोठा नम्बर ३०१ बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जयप्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाललगायत रहेका छन् ।

प्क्राउ परेका सबैलाई इप्रका चन्द्रपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु दुई लाख ७९ हजार ६९० र आठ थान ताससमेत बरामद भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]