०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

कोशीमा खतराको संकेत , पानीको बहाव उच्च हुँदै ३२ वटा ढोका खुला ,सतर्क हुन आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

कमल कुमार मण्डल

राजविराज ।लगातार वर्षाले सप्तकोशी नदिमा शुक्रबार बिहान दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ ।

यसैगरी बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार थियो भने बिहिवार साँझ मापन गर्दा एक लाख ६४ हजार १५० क्युसेक रहेकोे थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

यता शुक्रबार बिहानको मापन अनुसार अहिले कोशीमा पानीको बहाब बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी गराएको छ।

पानीको बहाव १ लाख ६९ हजार क्यूसेक प्रतिसेकेण्ड माथि पुगेपछि कोशीका ३२ वटा ढोका खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । सप्तरीका विभिन्न ठाउँमा डुबानको खतरा रहेकोेले सतर्क रहन आग्रह गरेको छ ।

नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको हो ।

२०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक पानीको बहाव भएकाले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काउँदै सप्तकोशीले सुनसरीका ४ वटा गाविस डुबाएको थियो । भारतको विहारमा पनि कोशीले उठीबास लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]