०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला कार्यसमिति धमाधम गठन हुँदै

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन अन्तर्गत डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला तदर्थ कार्यसमिति धमाधम गठन भैरहेको छ ।

डिप्लोमा ईन्जिनियर जनमत संघका राष्ट्रिय संयोजक मुकेश मैरताले न्यूजमधेश संग कुरा गर्दै उनले अहिले सम्ममा ७ वटा जिल्लाहरुमा डिप्लोमा ईन्जिनियर जनमत संघको तदर्थ समिति गठन भइसकेको जानकारी दिनुभयो।

जसमा सप्तरी जिल्लामा प्रमोद ईश्वरको अध्यक्षतामा १९ सदस्य, सिरहा जिल्लामा श्याम सुन्दर शाहको अध्यक्षतामा १९ सदस्य,धनुषा जिल्लामा विवेक मरबैता यादव अध्यक्षतामा १३ सदस्य,महोत्तरी जिल्लामा सुनील कुमार मण्डल अध्यक्षतामा १३ सदस्य, बारा जिल्लामा प्रदिप कुशवाहाको अध्यक्षतामा १९ सदस्य गठन भैसकेको संघका संयोजक मैरताले बताउनुभयो ।

त्यस्तै, रुपन्देही जिल्लामा दुर्गेश यादवको अध्यक्षतामा १३ सदस्य, नवलपरासी जिल्ला मुना प्रसाद सहनीको अध्यक्षामा १३ सदस्य गठन भइसकेको छ ।

यता मोरङ, सुनसरी, सर्लाही, रौतहट लगायत बाँकी रहेका जिल्लाहरुमा संगठन विस्तार गर्ने तयारी भैरहेको छ ।

संघका केन्द्रीय संयोजक मैरताले भने – “संगठनले आउँदो दशैं सम्ममा महाधिवेशन गर्ने समेत दावी गरेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]