न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ श्रावण । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा) का विद्यार्थीहरुलाई साइकल र ब्याग वितरण गर्नुभएको छ ।
सोमबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रम बीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल र कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुबीर महासेठ र गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले संयुक्त रुपमा साइकल र ब्याग विद्यार्थीहरुलाइ हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक गुरुशरण केवटले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्यनरत ८१ छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।
प्राध्यापक केवटका अनुसार विद्यार्थीका लागि ६३६ ब्याग आएको छ । जसमध्ये कक्षा ६, ७ र ८ का करिब ३५० विद्यार्थीलाई ब्याग वितरण गरिएको छ । बाँकी ब्याग मंगलवार वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।