०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कोरोना संक्रमण फैलने क्रम बढेपछि सबै परीक्षा स्थगन गर्न सिफारिस

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ श्रावण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो ।

– विद्यार्थी अन्योलमा

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले जोखिमको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने बताए । उनले कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील भएर सो निर्णय गरिएको बताए । स्वास्थ्य मन्त्रालयले पटकपटक जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउने गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कोरोना जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्दै मास्कको समुचित प्रयोग अनिवार्य भएको बताए ।

बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १२ को परीक्षा सञ्चालन सन्दर्भमा गम्भीर हुन सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ । यस्तै, स्नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन् ।

परीक्षा स्थगितको निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्नेहुन्छ । बोर्डको बैठक आज शनिबार बोलाइएको छ । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा कम्तीमा २५ जना मात्रै विद्यार्थी राख्नेगरी परीक्षा सञ्चालनको तयारी थालेको थियो ।

परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा हुने वा भौतिक उपस्थितिसहित सञ्चालन हुने भन्ने निक्र्योल नहुँदा विद्यार्थी मारमा परेका छन् ।

घटेन मृत्यु दर
यस्तै, शुक्रबार देशभर ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४ सय ८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । मृत्यु हुने दरमा कमी आउन सकेको छैन । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार ११ हजार ८ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ र र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । देशभर शुक्रबार थप २ हजार १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हाल देशभरका अस्पतालमा ७ सय १३ जना आईसीयूमा र १ सय ५८ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभर ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । संक्रमण जोखिम नटरे पनि केही दिनयता जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा आउन नसकेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]