२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

कमला नदिमा पानीको चाप बढ्दै,सर्तक रहन मौसम विभागको आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

मनोज मोरबैता , जनकपुरधाम । लगातार वर्षाले गर्दा धनुषा र सिरहा जिल्लाको बिचमा रहेको कमला नदीमा पानीको चाप बढ्दै गैरहेको स्थानीयबासी चिन्तित रहेको छ।

सोमबार देखी निरन्तर रुपमा वर्षा हुँदै आइरहेको कारणले कमला नदिमा पानीको चाप बढ्ने क्रम जारी रहेको स्थानीय रामकिशोर मण्डलले न्युज मधेशसंग फोनको मार्फतबाट जानकारी गराएको छ।

यता धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले भने अनुसार धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा अबिरल बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका आम सर्वसाधारणहरुमा अलर्ट जारी गरिएको बताएको छ । उनले कमला छेउको रानीवास भन्ने ठाउँमा अलर्ट जारी गरिसकेको र सतर्क रहन सूचना दिसकेको जनाए ।

सिडिओ कनेलका अनुसार निरन्तर बर्षाका कारण जलस्तर बढदै गएकोले कमला छेउका ग्रामिण भेकमा सुरक्षाकर्मीहरुलाई समेत अलर्टमा राखिएको बताए । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली तैथान रहेको जानकारी दिए।

समग्र धनुषा जिल्लाको सन्दर्भमा बोल्दै सिडिओ कनेलले जिल्लाको अवस्था समान्य रहेको तथा जनकपुरमा नालामा पानीको बहाब रोकिएकोले ठाउँ ठाउँमा पानी जमेको भन्दै कर्मचारी, प्रहरीको सहयोगमा त्यसलाई निराकरण गर्ने प्रयास भईरहेको जानकारी दिए ।

अहिले कमलामा पानीको सतह ४।५ मापन गरिएको छ । तर जलस्तर बढने क्रम जारी छ ।

यसका साथै, गएराती तराई मधेशको बरा,पर्सा,रौतहट ,धनुषा ,सिरहा र सप्तरीलगाइत विभिन्न जिल्लामा भारी वर्षा भएको पानी मापन अनुसार, बारा, पर्सा, रौतहट, धनुषा सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा भारी बर्षा भएको अनुमान गरिएको छ। कमला नदी र बागमति नदी लगायत शाखाको विभिन्न नदीहरुमा पानीको बहाब बढदै गएकोले सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]