१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,२८ श्रावण । सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउनुभयो ।

आरक्ष आसपास क्षेत्रमा हात्ती आतङ्क नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]