१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

रौतहटको दर्जनौ गाउँहरु पानीको डुबानमा, उच्चसतर्कता अपनाउन प्रशसनको आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि साना सवारीहरुलाई रोकेको हो ।
चन्द्रपुर नगरपालीका २ स्थित लच्कामा पानी जमेका कारण सवारी बगाउने खतरा बढेपछि कार, जिप, मोटरसाइकल लगायतका साना सवारीलाई रोकेको ईलाका प्रहरीका डिएसपी कवित कटुवालले जनाकारी दिनुभयो ।
अहिले ठुला सवारीलाई मात्र जान दिइएको छ । चन्द्रपुरकै चोक, बजार क्षेत्रका घरहरु डुबानमा पारेको छ । प्रहरीले स्काभेटर लगाएर पानी बाहिर पठाउने काम गरिरहेको छ । यता भारी वर्षाले जिल्लाको औरैया, बडहर्वा, बन्जरहा, बेलबिछवा, गढो ईशनाथ लगायतका गाउँहरु समेत डुबानमा परेको छ । पानीको निकाश नहुदा गाउँबस्ती डुबानमा परेको बताइएको छ । लालबकैया र बागमति नदिमा पानीको मात्रा बढे पछि स्थानिय प्रशसनले उच्चसतर्कता अपनाउन आग्रह गरेका छन् । दुवै नदिले वर्षेनी क्षति पुर्याउँदै आएको छ । चलमाहा, चादी र झाँझ खोलामा बाढी आए पछि किशानको उखु र धान बाली समेत डुबानमा परेको छ ।
सदरमुकाम डुबानलगातारको वर्षाले सदरमुकाम गौरमा समेत पानीको सतह बढ्दै गएपछि सदरमुकाम यतिखेर उच्च जोखिमा रहेको छ । गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेले ठूलो बाढी आउने खतरा देखिएकोले प्रमुख जिल्ला अधिकारी किरण थापाले उच्चसतर्कताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]