१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

मलेसियाका प्रधानमन्त्री यासीनले दिए पदबाट राजिनामा

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,३२ श्रावण । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिनुभएको छ ।

उहाँले आफ्नो राजिनामा राजा समक्ष बुझाउनुभएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा जानकारी साझा गर्नुभएको एएनआईले उल्लेख गरेको छ ।

प्रधानमन्त्री यासीनले सोमबार मध्यान्ह राजालाई भेटन पुग्नुभएको थियो । मन्त्रीपरिषद्का सदस्यहरुले दिएको राजिनामासहितको पत्र लिएर उहाँ राजा कहाँ पुगेको बताइएको छ ।

तल्लो सदनमा प्रधानमन्त्री अल्पमतमा परेपछि उहाँको राजिनामा आएको हो ।

विदेश मन्त्री हिशामुद्दीन हुस्सैनले देश र जनताको सेवा गर्न पाउँदा अत्यन्तै गर्विलो महसुस गरेको बताउनुभएको छ ।

यासीन गत् वर्ष मार्च महिनामा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]