३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

सिरहाबाट १० किलो गाँजासहित एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३२ श्रावण । प्रहरीले सिरहाबाट १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेका छ्न ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वड नम्बर १७ गोविन्दपुरका ४० वर्षीय वागेश्वर चौधरी रहेको छ ।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खानतलासी गरेपछि लुकाएर राखेकी आवस्थामा १० किलो गाँजा बरामद गरेको प्रहरीले बताए ।

अवैध लागूऔषध गाँजासहित पक्राउ परेका वागेश्वरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]