१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

आठ लाख ५६ हजार मास्क वितरण

Logo
प्रकाशित मंगलबार, भाद्र ०१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१ भाद्र । पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क नेपाल प्रहरीले वितरण गरेको छ ।

मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो । त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ । ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियान कै रुपमा सञ्चालन गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ४२० जनालाई रु ४५ हजार ६०० जरिवाना गरिएको प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पाँच हजार ११९ लाई सचेत गराइएको, देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको १६६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजारलाई प्रशिक्षित गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]