१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

कमला नदिमा २४ घण्टा देखि बाढीमा फसेको पुजारीलाई उद्घार गर्न हेलिकप्टरको माग

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

ओमविक्रम कुशवाहा

जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै।

सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ ।

पहिलेदेखि नै कुटि बनाएर बस्दै आएका मुखिया आफनै कुटिमा सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको कुटि बगाएर लगेपनि आफै बचेर रुखमाथि चढेको हो ।

विहीबार रातिदेखि नै रुखमा चढेर मुखिया सम्बन्धित निकाइलाई ज्यान बचाउन माग गरेको छ । यता, जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल सुरुगरेपनी उद्धारमा गर्न समस्या रहेको बताए।

उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । भारी वर्षा भइरहेका कारणले उद्वार गर्न कठिनाई भएको बताए। उनको उधारको लागि हेलिकप्टर मगाइने भएको छ ।
वर्षा र अत्यधिक बाढीका कारण उद्धार गर्न कठिनाई भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराले बताए ।

मुखियाले उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा पानीको चाप अत्यधिक रहेका कारण उद्वार गर्नमा समस्या रहेकोले हेलिकप्टर मगाएर उद्धार गरिने तयारी गरिएको डिएसपी अपिलराज बोहराले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]