१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

दोहोरो नागरिकताको आरोपमा सप्तरीबाट एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,८ भाद्र। सप्तरीबाट नागरिकता लिएका एक जनाको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई मङ्गलबार पक्राउ गरिएको छ।

दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बस्ने फेकु मण्डल अमातको छोरा प्रमोदकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

नेपाली नागरिकता, मतदाता परिचय पत्रका साथै भारतीय आधारकार्ड फेला परेपछि मण्डललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको सहायक सिडिओ नाथु साहले जानकारी दिए। ‘मण्डलको साथबाट नेपाली र भारतीय दुबै परिचयपत्र बरामद भयो।’ सहायक सिडिओ साहले भने– ‘दुईवटै परिचयपत्रमा उल्लेख भएको नाम, ठेगाना र तस्बिरको आधारमा उनी दुवै देशको नागरिक रहेको बुझिएकाले पक्राउ गरिएको हो।’

मण्डलले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०६२ भदौ १७ गते नागरिकता प्रमाण पत्र लिएको देखिन्छ। जन्म मिति ०४६ जेठ २३ गते रहेको मण्डलको नागरिकता प्रमाणपत्र नम्बर नम्बर ६६७३ र मतदाता परिचय पत्र ०६७४५८७४ रहेको छ।

यस्तै मण्डलसँग फेला परेको भारतको आधारकार्डमा पिप्रा खुर्द बिष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। भारतीय आधार कार्डको नम्बर ७५२७१४७९७९८३ रहेको छ। दुबै देशको परिचयपत्रमा नाम, बुवाको नाम र तस्बिर एउटै मानिसको रहेको छ।

भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेपछि दोहोरो नागरिकता लिएको आरोपमा मण्डलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरी जनाएको छ। मतदाता पचिचय पत्र र आधारकार्ड एकसाथ भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि लिएको खुलेपछि प्रशासनले नागरिकता पनि बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलको हस्ताक्षरमा ०६२ भदौ १७ गते जारी नागरिकताको प्रतिलिपी उनले ०७७ पुस १७ गते निकालेका हुन्। प्रतिलिपीमा तत्कालिन प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरको हस्ताक्षर छ।

पक्राउ परेका मण्डलले भारतमा मजदुरी गर्दा आफूसहित धेरै जनाले भारतीय आधार कार्ड बनाएको बताएका छन्।

अनुसन्धानको दायरा फराकिलो बनाउँदै मण्डललाई दोहोरो नागरिकता लिएको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिए।मनोहर पोखरेलले अन्नपूर्णा पोस्टमा लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]