१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेशमै राजपत्र छापिने

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,९ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मन्त्रालयले आफ्नै मुद्रण मेसिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिनुभयो ।

उहाँले यसअघि राजपत्र छपाउनका लागि सङ्घीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता अब नरहेको बताउनुभयो । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णय कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्ने हुन्छ ।

मुद्रण विभागले प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णय छपाइ गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको र राजपत्र छपाइमा ढिलाइ गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको जनाउँदै मन्त्री जोशीले मुद्रण मेसिन जडान गरेसँगै प्रदेश सरकारलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

अब प्रदेशमै मेसिन आइसकेकाले प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णय यतै छापिने उहाँको भनाइ छ । मुद्रण मेसिन रु २७ लाख ८० हजारमा खरिद गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]