१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

आरतिमाथि  एसिड प्रहार गर्ने साहलाई १० वर्ष छ महिना कैद

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भाद्र । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ ।

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना र रु छ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिनुभयो ।

गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।

गत कात्तिक २९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकी काठमाडौँ ल्याएर उपचार गरिएको थियो । आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो । आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो ।

घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष छ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी छ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । अङ्गभङ्गमा पाँच वर्ष, कुरुप बनाएकामा आठ वर्ष र एकीकृत कसुरको थप दुई वर्ष छ महिना सजाय माग गरिएको थियो । यस मुद्दामा यसअघि छ वटा पेशी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो । चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

एसिड आक्रमणबाट आरतीको दाँहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायतका अङ्ग जलेर कुरुप बनेको छ । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाँहिने हात र टाउकामा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताउनुभयो ।

यसैबीच एसिड पीडित आरती साहलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई आजै सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]