१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध यातायात मजदुरद्वारा प्रदर्शन

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

शम्भु यादव
सिरहा ,१० भाद्र । यातायात मजदुरहरुले सिरहाको लहानमा शुक्रबार ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ।

बिहिबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो। त्यो सरसमान अहिलेसम्म फिर्ता नपाएको यातायात मजदुर जुगुत यादवले बताए। पूर्व सुचना बिनानै आफ्नो काउण्टरभित्र प्रहरीले छिरेर सरसमान लगेको उनले सुनाए।

बजार एरियाबाट नयाँ बस पार्कमा काउण्टर सार्ने विषयमा विवाद सुरु भएको देखिएको छ। बस व्यावसायी, प्रहरी र नगरपालिकाबीच असार ३० गते साउन २ गते सम्ममा काउण्टर सार्ने सहमति भएको जनाएको छ। तर, काउण्टर नसारेपछि सरसमान लगिएको प्रहरीको भनाई छ। सहमति कार्यान्वयन गराउने सन्दर्भ विवाद देखिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन कुमार दाहालले बताए।

सहमति अनुसार काम नभएको देखिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीले सरसमान उठाएको ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर दानबहादुर मिरिङ्गचिङ्गले बताए।

यातायात मजदुरको तर्फबाट कुनै सामुहिक सहमति नभएको शम्भु चौधरीले बताए। ‘छलफलको क्रममा ३/४ यातायात मजदुर मात्रै गएका थिए। प्रहरी प्रशासन, नगरपालिकाका प्रतिनिधिले उपस्थितिमा हस्ताक्षर गर्न लगाएपछि त्यही निर्णय भएको सुनाएको छ,’उनले भने,‘प्रहरी प्रशासनले यातायता मजदुरमाथि ज्यादती गरेको छ। हामी आन्दोलित भएको छौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]