१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

रक्तदान गरेर मृगौला पीडितकाे ज्यान बचाए किलेशले

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ भाद्र । जनमत पार्टी धनुषाका कोषाध्यक्ष एवम् युवा नेता किलेश मण्डलले रक्तदान गरि एक जना मृगौला पीडितकाे ज्यान बचाएका छ्न।

धनुषाको कमला नगरपालिका -४ सघाराको जिबछ प्रसाद यादवलाई रगतको अत्यन्तै आवश्यकता रहेको बेलामा कोषाध्यक्ष मण्डलले वर्षाको समयमा घरबाट करिब १० किलोमीटर रहेको जनकपुर पुगेर रक्तदान गरी जीवन दान गरेका छन् ।

मृगौलाको समस्या रहेका यादवलाई शुक्रबार डाइलोसिस गराउनको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियाे ।तर,उनलाई रगत उपलब्ध नभएको कारणले डाइलोसिस गराउन निकै गाह्रो भएको थियो ।

शुक्रवार करिब २ बजे जनमत पार्टी धनुषाका कोषाध्यक्ष किलेश मण्डलले रक्तदान गरेपछि यादवको डाइलोसिस गराउन सफल भएकाे उनको परिवारजनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]