३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

सडकमा जथाभावी फोहोर थुप्रिँदा बढ्यो दुर्गन्ध

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

न्यूजमधेश डेस्क
झापा ,१२ भाद्र । ल्याण्डफिल्ड साइटको व्यवस्था नहुँदा विर्तामोड नगरपालिमा १२ दिनदेखि फोहर मैला सडक किनारमा जथाभावी थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ । विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रङ्गशालाको पश्चिमी भाग र देउनिया खोला किनारमा खाल्डो खनेर पुरिने गरेको फोहरमैला अहिले सडक किनारमै थुप्रिँदा दुर्गन्ध बढेको हो ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण फोहर पुर्न खनिएको खाल्डोमा दुई फिटमै जमिनमुनिको पानीसमेत निस्कने हुँदा समस्या भइरहेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । “फोहर व्यवस्थापनका लागि नगरपालिकाले ठेक्का लगाए पनि ठेकेदार कम्पनीलाई जमिन उपलब्ध गराउन नसक्दा फोहर जताततै थुप्रिएको हो । “जमिनको व्यवस्था नभएसम्म विगतमा जस्तै खाली स्थानमा खाल्डो खनेर पुर्न खोज्दा पानी निस्केर समस्या भयो”, उहाँले भन्नुभयो, “कोरोनाभन्दा पनि जटिल समस्या फोहरमैलाको बन्यो ।”

नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ । समितिमा शिवाकोटसहित विभिन्न राजनीतिकका दलका प्रतिनिधि रहेका छन् । समितिले समेत तत्काल जग्गा व्यवस्थापन गर्न नसक्दा फोहरमैला व्यवस्थापनमा ठेक्का लिएको ठेकेदार कम्पनीले काम गर्न नसकेको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताउनुभयो ।

नगरपालिकाले दुई महिनाअघि मात्र काडमाडौँकोे निराकर सरसफाइ सेवा प्रालिलाई तीन वर्षका लागि रु १० लाख धरौटी रकम लिएर फोहर व्यवस्थानको जिम्मा दिएको थियो । प्रवक्ता पाण्डेका अनुसार दैनिक नगरबाट २० ट्र्याक्टर फोहरमैला उत्पादन हुने गरेको छ ।

उहाँले समितिले व्यवस्थाका गरेको जग्गामै स्थानीयवासीको सहमतिमा ल्याण्डफिल्ड साइट बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँ–ठाउँमा जग्गाको व्यवस्थापन ग¥यौँ । तर सोही क्षेत्रका स्थानीयवासीको विरोधका कारण बन्न सकेन । हामी निरन्तर प्रयास गरिरहेका छौँ”, उहाँले सकेसम्म सडकमा फोहरमैला नफ्याँकी घरबाट निस्किएको फोहरलाई आफैँ व्यवस्थापन गरेर केही समयका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो ।

जथाभावी फ्याँकिएको फोहरमैलाको थुप्रोको तस्वीर खिचेर यतिबेला सर्वसाधारणले नै सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरस महामारीबीच समयमा फोहर व्यवस्थापन नुहँदा त्यसले अन्य सरुवा रोग निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी, भद्रपुर, मेचीनगर नगरपालिकासँग समेत व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा फोहरमैला व्यवस्थापन खोला किनार र खाली जग्गामा गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]