०२ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

वडा अध्यक्षको लापरबाहीले दलितहरु सुुरक्षित नागरिक आवासबाट वञ्चित

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,१३ भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् ।

गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत आव २०७७÷०७८ का लागि ३० दलित घर छनोट गरेको भए पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण कार्य रोकिएको छ ।

चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नु÷नगराउनु भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिनुभयो । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ ।

वडा कार्यालयले सो कार्यक्रमअन्तर्गत आपूmहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिलेसम्म खातामा रकम नआएको स्थानीयवासी रत्न सदाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका लाभग्राहीमध्ये १५ जना सुुरक्षित नागरिक अवास कार्यक्रमबाट बञ्चित भएका छौँ ।

वर्षौंदेखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि ३० मुसहर दलित परिवार बिचल्लीमा परेको स्थानीयवासीको गुनासो छ । जग्गा यकीन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ । सुुरक्षित नागरिक आवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]