३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

वडा अध्यक्षको लापरबाहीले दलितहरु सुुरक्षित नागरिक आवासबाट वञ्चित

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,१३ भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् ।

गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत आव २०७७÷०७८ का लागि ३० दलित घर छनोट गरेको भए पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण कार्य रोकिएको छ ।

चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नु÷नगराउनु भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिनुभयो । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ ।

वडा कार्यालयले सो कार्यक्रमअन्तर्गत आपूmहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिलेसम्म खातामा रकम नआएको स्थानीयवासी रत्न सदाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका लाभग्राहीमध्ये १५ जना सुुरक्षित नागरिक अवास कार्यक्रमबाट बञ्चित भएका छौँ ।

वर्षौंदेखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि ३० मुसहर दलित परिवार बिचल्लीमा परेको स्थानीयवासीको गुनासो छ । जग्गा यकीन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ । सुुरक्षित नागरिक आवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]