१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

अधिकारको लडाई हाम्रो जारी छ : डा राउत

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले अधिकारको लडाई जारी रहेको बताएको छ।

पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना गर्दै मंगलवार डा. राउतले स्वराजको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका विर शहिद राममनोहर यादवको सपनालाई साकार पार्नका लागि आफनो संघर्ष जारी राख्ने वताए ।

उनले स्वराज आन्दोलको क्रममा नेपालको शाषक वर्गसंग अधिकारका लागि लडने क्रममा प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको वताउदै उनले अधिकार स्थापित गर्ने पहिलो खुडकिलोको रुपमा जनकपुरधाममा केन्द्रिय सचिवालय स्थापना गरिएको वताए ।

नेपाली राजनीतिक दलहरुको इतिहासमा जनमत पार्टीले पहिलो पल्ट केन्द्रिय सचिवालय राजधानी भन्दा बाहिर जनकपुरधामको भानुचौकमा स्थापना गरेको छ ।

पार्टी कार्यालय स्थापना कार्यक्रममा शहिद राममनोहर यादव संगै मधेश आन्दोलनमा शहिद भएकाहरुका प्रति डा राउतले श्रद्धा सुमन व्यक्त गर्नुका साथै फुलमाला र अविर चढाइ श्रद्धाञ्जली अपर्ण गरेका थिए भने पार्टी कार्यालयमा झण्डोतोलन समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]