२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

लाैनियाँमा मटकि फाेर कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

राजविराज, १५ भदौ ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे । “युवाहरुकाे सहयोगमा विगत ५ वर्ष देखि आफ्ना संस्कृतिलाई जाेगाउने उदेश्यले निरन्तरता दिदै आएकाे” स्थानीय यूवा वैदानन्द कुमार मण्डलले भने- “पछिल्लो वर्ष काेराेनाका कारण हामीहरुले आयोजना गर्न सकिएन ।” यस वर्ष पनि साधारणै तरिकाले आयाेजना गरियाे उनले थपे । अर्का युवा सुनिल मण्डलका अनुसार हामीहरु पछिल्लो वर्षमा आसपासका गाउँमा पनि मटकि फाेर कार्यक्रम गरे वापत पुरस्कार समेत पाएका थियौं तर, यसपालि आफनै गाउँमा मात्रै आयाेजना गरेर समापन गरेका छाैं । वडा कार्यालयबाट युवाहरूलाई सर्वतकाे व्यवस्था गरेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]