१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

महोत्तरीमा रक्तदान गरेर मनाइयो सहिद ‘राममनोहर’को स्मृति दिवस

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम  सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ ।

मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो ।

स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ गते तात्कालिक संघीय समाजवादी फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ मन्त्री उपेन्द्र यादव प्रमुख अतिथी रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरि राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीले सहिद राममनोहर यादवको हत्या गरिएको आरोप पार्टी केन्द्रिय सदस्य संजय यादवले लगाएको छ।

उनले भने, `उच्च रक्तचापका विरामी समेत रहेका स्व.राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको र यातना दिएको बेला परिवार संग भेट्न समेत नदिएको´ उनको भनाई रहेको छ।

यता , जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले सिकिस्त भई बेहोस भईसकेपछी मात्र प्रहरीले उपचारका लागी स्व .राममनोहरलाई स्थानीय स्वास्थ चौकी ,जिल्ला अस्पताल हुँदै अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरि जानीजानी भाद्र १५ गते मृत्युको मुखमा पुर्याउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रिय सदस्य संजय यादव ,जिल्ला सचिव बिरेन्द्र मण्डल र पार्टीका बलवा नगरपालिकाका सम्पुर्ण वडाध्यक्ष,नेता तथा कार्यकर्तासहित ३१ जनाले रक्तदान गरेको पार्टीले जनकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]